नियम १५७
प्रशिक्षार्थीहरूले पाउने सुविधा
: (१) प्रशिक्षार्थीहरूलाई तालीम लिन आउँदा जाँदाको दैनिक भ्रमण भत्ता प्रचलित नियम अनुसार ठेकिएको कार्यालयबाट दिइनेछ ।
(२) रासन पाउने प्रहरी कर्मचारीहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र क्षेत्रीय प्रहरी तालीम केन्द्रबाट नै प्रचलित स्केल बमोजिमको रासन र भत्ता प्रशिक्षार्थीले पाउने छन् ।
(३) प्रशिक्षार्थीहरु तीन महिनासम्मको तालीममा जाँदा सो अवधिभरको तलब भत्ता सम्बन्धित कार्यालयबाट एकमुष्ट पेश्की दिने र तीन महिनाभन्दा बढी अवधिको तालीममा जाँदा तीन महिनाको एकमुष्ट पेश्की दिई बाँकी अवधिका लागि पटकपटक गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र क्षेत्रीय प्रहरी तालीम केन्द्र मार्फत पाउने गरी पठाइनेछ ।
(४) कडा शारीरिक अभ्यास गर्नुपर्ने प्रकृतिका तालीमका प्रशिक्षार्थीहरूलाई नेपाल सरकारले तोकेबमोजिम थप राशन प्रदान गर्न सकिनेछ ।